बलिउड फिल्म ‘धुम ४’ मा अभिनेता रणवीर कपुर देखिँदै छन्। यस फिल्ममा कपुरको पूर्णतया नयाँ र फरक लुक हुनेछ। जसको लागि उनले तयारी पनि सुरु गरिसकेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य चोपडाले श्रीधर राघवनसँग मिलेर धुम ४ को कथा र पटकथा तयार गरिरहेका छन्। उनीहरू हाल यस्तो कथामा काम गरिरहेका छन् जसले यो रिबुट (पुरानो फिल्म, शृङ्खला वा फ्रान्चाइजलाई नयाँ सुरुवात दिने) बारे दर्शकहरूको अपेक्षालाई पूर्ण रूपमा पूरा गर्छ।
रिपोर्टमा रणवीर र उनको भूमिकाको बारेमा भनिएको छ कि रणवीर यस फिल्मको लागि उपयुक्त छन्। उनको भूमिका उनको व्यक्तित्व अनुसार बनाइएको छ।
यस फिल्मको शैली र उपस्थिति अघिल्ला यसराज फिल्मस् स्पाई युनिभर्स फिल्महरू भन्दा पूर्ण रूपमा फरक हुनेछ। साथै, धूम ४ को छायांकन सन् २०२६ बाट सुरु हुनेछ।
यसअघि ‘धुम’ तीनवटा फ्रेन्चाइज रिलिज भइसकेका छन्। पहिलो फिल्ममा अभिषेक बच्चन, जोन अब्राहम, उदय चोपडा महत्वपूर्ण भूमिकामा थिए। दोस्रोमा अभिषेक बच्चन, ऋतिक रोशन र ऐश्वर्या राय मुख्य भूमिकामा थिए। सन् २०१३ मा रिलिज भएको ‘धुम ३’ मा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए।
रणवीर कपूर आगामी वर्षहरूमा धेरै ठूला फिल्महरूमा देखिनेछन्। हाल उनीसँग नितेश तिवारी निर्देशित मेगा(बजेट फिल्म ‘रामायण’ छ, जसमा उनी भगवान श्री रामको भूमिका निर्वाह गर्नेछन्। यसबाहेक उनी सन्दीप रेड्डी वांगाको ‘एनिमल पार्क’ मा पनि देखिनेछन्।
हालै रणवीरले संजय लीला भन्सालीको फिल्म ‘लभ एण्ड वार’ साइन गरेका छन्, जसमा उनी विक्की कौशल र आलिया भट्टसँग देखिनेछन्। यसका साथै उनी ‘ब्रह्मास्त्रस् पार्ट २’ मा पनि देखिनेछन्।
Shares

प्रतिक्रिया