सुदूरपश्चिमको डडेल्धुराको धार्मिक स्थललाई समेटेर बनाएर डेउडा गीत ‘दुर्गा देवि माता’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गायक भुवनप्रसाद दाहालसहित मनिसा साउँदको स्वर सुन्न सकिन्छ।
रामबहादुर दानीको शब्द तथा संगीत रहेको गीत नवदुर्गा गाउँपालिका वडा नं. ३ चिल्फी गाँउमा रहेको दुर्गामातालाई सम्झँदै तयार पारिएको हो।
हिक्मत साउँदको प्रस्तुति रहेको गीतको भिडिओलाई सुरेन्द्र संगम (डोट्याल बड्डा)ले निर्देशन गरेका हुन्। गीतको भिडिओमा निर्मला बोहरा र महेश साँउदको अभिनय रहेको छ।
लामो समयसम्म नेपाली सेनामा काम गरेर सेवा निवृत्त भएका साउँदले धार्मिक गीत ल्याउन पाउँदा खुसी लागेको बताए। त्यस्तै, नव-गायिका मनिसा साँउदले पहिलोगीतनै चर्चित गायक दाहालसँग गाउन पाउँदा खुसी व्यक्त गरिन्।
डडेल्धुरा जिल्लाको विभिन्न ठाउँमा भिडिओ खिचिएको हो। भिडिओ सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने गरी निर्माण गरिएको छ। अमित विकले छायांकन गरेको गीतको भिडिओलाई हरिश बोहराले सम्पादन गरेका छन्।
Shares

प्रतिक्रिया