कला


अभिनेता आशिफ शाह भन्छन्: ‘जन्ते बाख्रो’ को क्यारेक्टर मेरो स्वभावसँग मिल्दोजुल्दो छ

अभिनेता आशिफ शाह भन्छन्: ‘जन्ते बाख्रो’ को क्यारेक्टर मेरो स्वभावसँग मिल्दोजुल्दो छ

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:५०, काठमाडौँ

अभिनेता आशिफ शाह धेरैपछि फिल्म ‘जन्ते बाख्रो’ मा देखिँदैछन्। ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा अभिनेताको रुपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक फिल्म पनि निर्देशन गरेका थिए।

म्युजिक भिडिओ निर्देशकको रुपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ धेरैपछि काम गरे। फिल्मको क्यारेक्टर आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएको उनी बताउँछन्। 

‘सिनेमालाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहाँ पाएको थिएँ। किनकि हाम्रो सर्कल लगभ एउटै छ। निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउँला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ। उहाँले आशिफ दाईलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ,’ आशिफले भने ।

निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन्। तर, आफ्नो सोचाई अरुसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए। ‘हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबार कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिएँ।’

सिनेमा अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे । फिल्ममा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो ।‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यहि सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यसकारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रुप दर्शकसम्म आउँदैछ,’ आशिफले भने ।

टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब सिनेमामा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन्। यसपटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाएको बताउँछन्।

‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मदत गरेका छन्। उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ। यो सिनेमाको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो। म सौगातबाट अभिनयमा शिक्षित भएको महसूस गरेको छु। उनको प्रभाव मेरो आगामी काममा देखिन्छ,’ उनले भने ।

यस फिल्ममा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय छ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको हो। यो फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad