कला


‘जनै हराएको मान्छे’को  ‘आमा’ गीतबाट दर्शक भावुक (भिडिओ)

‘जनै हराएको मान्छे’को  ‘आमा’ गीतबाट दर्शक भावुक (भिडिओ)

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १३:५, काठमाडौँ

‘जनै हराएको मान्छेस् सम्बन्धका धागाहरू’ को गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर रहेको छ। साथै अर्जुनलाई स्वरमा मनिषा सुनारले साथ दिएकी छिन्।

गीतमा विभिन्न आरोह र अबरोह प्रस्तुत गरिएको छ। गीतले फिल्मको सार बोलेको छ। गीतको भिडिओमा फिल्मले मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरलाई समेटेको छ।

यस मार्मिक गीतले आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौँ आएको बताउँछ। घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ।

आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ।

आफूले काठमाडौँमा पैसा कमाउन नसकेपछि समय पनि रोकिदिए हुन्थ्यो भन्ने र बिरामी आमालाई चाँडै नलैजा है भनेर कालसँग बिसाएको बिन्ती पनि गीतमा छ। आमाको आयु बढाउन गरेको आग्रहले मन भावुक बनाउँछ। 

गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ। यो फिल्म भदौ ६ गते रिलिज हुनेछ। 

विजयबराल यस फिल्मको मुख्य कलाकार हुन्। छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ। चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

फिल्ममा विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटाको मुख्य भूमिका छ। फिल्ममा रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी लागायतको पनि अभिनय रहेको छ। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। 

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad