‘अन्दाज’ बाट डेब्यु गरेका अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’ अनुबन्धित भएका छन्। एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्।
हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित् देखिएका सविनको पात्र फिल्ममा हिरो कि भिलेन हो भन्नेमा अन्यौलता देखिएको छ।
एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन्। निर्देशक खड्का र सविनले ग्लामर फिल्डको यात्रा संगै शुरु गरेका थिए, करिब २ दशक अघिदेखि लामो छलफल, अनुशन्धान र तयारी पश्चात उनीहरु एकसाथ कश्यपमा काम गर्दैछन्।
सोमबार चलचित्र बिकास बोर्डमा औपचारिक रुपमा कश्यप नाम राखेर निर्माण इजाजत लिइएको छ। अन्य कलाकार र फिल्मबारे चाँडै नै जानकारी दिईने बताइएको छ ।
Shares

प्रतिक्रिया