पत्रकार तथा लेखक सामीप्यराज तिमल्सेना चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्ष बनेका छ्न्। काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले तिमल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आबद्ध एसोसियट संस्था पनि हो। पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीको उपस्थितिमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रीना मोक्तान, अनिल यादव र प्रदीप कार्कीलाई चयन गरेको हो।
त्यस्तै, महासचिवमा प्रभाकर गौतम चयन हुँदा सचिवहरूमा नरेश फुयाँल र लक्ष्मी बलायर चुनिएका छन्।
कोषाध्यक्षमा समर्पण श्री र कार्यसमिति सदस्यमा सुशीला तामाङ, संगीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन संग्रौला र श्रीजु सरल सर्वसम्मत भएका छन्।
144
Shares

प्रतिक्रिया