बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। यस फिल्मले शुक्रबार र शनिबार भारतभर ५४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।
यो फिल्म फरक क्लाइमेक्ससहित दुइ भर्सन शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको थियो।
पहिलो दिन यस फिल्मले घरेलु बक्स अफिसमा २४ करोड भारुको ओपनिङ गर्यो। शनिबार भने फिल्मको कमाइ बढेर ३० करोड पुगेकाे छ।
आइतबार पनि बिदा भएकाले यस फिल्मले राम्रो कमाइ गर्न सक्छ। फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ लाई तरुण मनसुखानीले निर्देशन गरेका हुन्। यस फिल्मका निर्माता साजिद नाडियाडवाला हुन्।
यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया