‘कमेडी दरबार’को महाराजाको रूपमा प्रदीप भट्टराई भित्रिएका छन्। महाराजाको रूपमा यसअघि कमेडियन मनोज गजुरेल थिए।
उनी एक महिना युरोप भ्रमणका निस्किएसँगै उक्त समयसम्मका लागि भट्टराईलाई भित्र्याइएको कमेडी दरबारले जनाएको छ।
भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ। भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर अथिति बनाएर बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन्।
कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईंले गजुरेलको युरोप टुरको समयमा भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको र आग्रह स्वीकारेको प्रति आभार व्यक्त गरेकी छिन्।
भट्टराई नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देशक हुन् भने उनी कमेडी रियालिटी शो कमेडी च्याम्पियनका जजसमेत हुन्।
2.8k
Shares

प्रतिक्रिया