कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्माण गर्ने भएका छन्। उनले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउन लागेका हुन्।
यस फिल्मलाई चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ। फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरे देखिनेछिन्। मरिचमान आफैले अभिनय गर्नेबारे खुलेको छ।
पूजन घिमिरे ‘पुकु’को रुपमा चर्चित छन्। मरिचमानसँग उनको सिरियल सहकार्य लामो समयदेखि हुँदै आएको छ। मरिचमानकै कम्पनी बल्छी धुर्बे फिल्म्स प्रालिले निर्माण गर्ने फिल्मको बजेट २ करोड रहेको छ।
टेलिश्रृंखलामा चर्चित बल्छीधुर्बे यस फिल्ममार्फत फिचर फिल्मको निर्माणमा होमिएका हुन्। चाडै टाइटल पोस्टर सार्वजनिक गरिने फिल्मको भदौंदेखि छायांकन सुरु गरिनेछ।
‘मेरी बास्सै’ बाट ‘बल्छी धुर्बे’ पात्रले चर्चामा आएका श्रेष्ठ पछिल्लो समय ‘हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा ब्यस्त छन्।
यसअघि पनि टेलिसिरियलबाट आएकाले फिल्म निर्माण गरिसकेका छन्।
‘सक्किगो नि’ले ‘लाज शरणम्’ र ‘तीतो सत्य’ले ‘छक्कापञ्जा’ श्रृंखला बनाइसकेका छन्।
Shares

प्रतिक्रिया