कला


तोकियो अजयको फिल्म ‘सन अफ सरदार २’ को प्रदर्शन मिति

तोकियो अजयको फिल्म ‘सन अफ सरदार २’ को प्रदर्शन मिति

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:८, काठमाडौँ

हिट बलिउड एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’को दोस्रो भागको प्रदर्शन मिति तोकिएको छ। 

अभिनेता अजय देवगनले आफ्नो आगामी यस फिल्मको रिलिज मिति आधिकारिक रूपमा घोषणा गरेका छन्। 

२०१२ मा रिलिज भएको ‘सन अफ सरदार’ को दोस्रो भागको लागि दर्शकहरु लामो समयदेखि पर्खिरहेका थिए। अन्ततस् यो फिल्म आगामी जुलाई २५ बाट सिनेमाहलमा रिलिज हुँदैछ। 

प्रदर्शन मितिसहितको फिल्मको पहिलो पोस्टर समेत सार्वजनिक गरिएको छ। पोस्टरमा अजयलाई सन् २०१२ को फिल्मको जस्तै लुकमा देख्न सकिन्छ। यो सिक्वेलसँगै अजय देवगन लामो समयपछि कमेडीमा पुनरागमन गर्नेछन्।

विजय कुमार अरोराद्वारा निर्देशित यस फिल्ममा अजयसहित मृणाल ठाकुर मुख्य अभिनेत्रीको रूपमा देखिनेछन्। यो फिल्म अजय देवगन, ज्योति देशपाण्डे, एनआर पचिसिया र प्रवीण तलरेजा र फक्स स्टार स्टुडियोद्वारा निर्माण गरिएको हो।

देवगनले यसअघि थुप्रै एक्सन ड्रामा फिल्महरू दिइरहेका छन्। उनका पछिल्ला केही फिल्महरू सिंघम अगेनु, शैतान, भोला र मैदान लगायत हिट फिल्म हुन्। 

सन अफ सरदार २ मार्फत, अभिनेता फेरि एक पटक कमेडी विधामा फर्कनेछन्। फिल्ममा संजय दत्त, साहिल मेहता, कुब्रा सैत र रवि किशन लगायतको पनि अभिनय रहेको छ।

सोहीदिन सिद्धार्थ मल्होत्रा र जान्हवी कपूरको ‘परम सुन्दरी’ सँग भिड्नेछ। किनकी सोही दिनबाट यो फिल्म पनि हलमा लाग्दैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad