चर्चित मोडल अञ्जली अधिकारीले सिनेक्षेत्रमा डेब्यु गर्ने भएकी छिन्। फिल्म ‘आहुती’को दोस्रो भागमा अञ्जली अनुबन्धित भएकी हुन्।
भवानी संग्रौलाले निर्माण गर्न लागेको यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्। गतसाता चलचित्र विकास बोर्डले यस फिल्मलाई निर्माण इजाजत दिएको छ। इजाजतपत्रमा अन्जलीको नाम पनि उल्लेख छ।
‘आहुती’को पहिलो भागको छायांकन जेठमा पूर्वी नेपालको पाँचथरमा सम्पन्न भइसकेको छ। जसमा गायक प्रकाश दुतराजले डेब्यु गर्दैछन्।
दोस्रो भागमा अञ्जलीसँगै ‘हर्के हल्दार’ श्रृंखलाबाट चिनिएका कलाकार विष्णु सापकोटाको नाम पनि उल्लेख छ। साथै प्रकाशसहित अघिल्लो भागका कलाकार रिहान गिरी, साम्राज्ञी शाह पनि दोस्रो भागमा देखिनेछन्।
अञ्जली प्रकाश सपुतको ‘गलबन्दी’ गीत बाट चर्चामा आएकी हुन्। नेपाली म्युजिक भिडिओमा अत्याधिक व्यस्त उनले केही फिल्मको गीतमा समेत नृत्य गरिसकेकी छिन्।
Shares

प्रतिक्रिया