कला


‘राम नाम सत्य’मा फरक अवतारमा देखिँदै सुनिल थापा

‘राम नाम सत्य’मा फरक अवतारमा देखिँदै सुनिल थापा

नेपालखबर
असार ८, २०८२ आइतबार १३:६, काठमाडौँ

साउनको अन्तिम साताबाट छायांकन सुरु हुने फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ।

फिल्मका लागि कलाकार फाइनल गर्ने क्रम पनि चलिरहेको छ। 

यस फिल्ममा अभिनेताद्वय विराज भट्ट, सुशिल श्रेष्ठ, अभिनेत्रीद्वय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।

अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुबन्धित भएका छन्। निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ। 

‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन। हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ। जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ,’माइकलले भने। 

फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ। अभिनेता सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताए।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन्। 

फिल्ममा महेश पौडेलको डीओपी रहनेछ। फिल्मका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad