कला


मिस नेपाल २०२५ को आवेदन खुला, थपियो कोस्मो उपाधि

मिस नेपाल २०२५ को आवेदन खुला, थपियो कोस्मो उपाधि

नेपालखबर
असार १०, २०८२ मंगलबार १७:३७, काठमाडौँ

मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि समेत थप गरिएको जानकारी गराएको छ। सहभागी हुन चाहनेले असार २६ गतेसम्म आवेदन दिन सक्नेछ्न्। 

मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज हलमा सम्पन्न हुनेछ। यो वर्ष प्रतियोगिताबाट ४ विजेता घोषणा गरिनेछन्। 

मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ। ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कस्मो’मा सहभागी हुन पाउनेछन्। 

आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न शहरमा पुग्नेछ। त्यसैगरी, अन्तिम अडिसन २८ गते काठमाडौँमा हुनेछ। छनोट सुन्दरीहरुले ग्रान्ड फिनालेका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। 

मिस नेपाल २०२४ आश्मा कुमारी केसी हिडन ट्रेजरले आफूलाई हिलजुत्तामा हिँड्नुभन्दा पनि जीवनको यात्रामा हिँड्न सिकाएको बताइन्।

‘यो यात्रा विश्व स्टेजमा आफूलाई पुर्‍याउनु मात्रै थिएन। आफ्नै अगाडि आफू कसरी प्रस्तुत हुने भन्ने पनि थियो। मिस नेपालको यो यात्रामा मैले कहिल्यै नभेटेको आश्मा कुमारी केसीलाई भेटेँ। आफ्नो कमजोरी देखाउनु कमजोरी होइन भन्ने जानेँ। कोमलताबीच पनि तपाईं बलियो बन्न सक्नुहुन्छ भन्ने सिकेँ,’आश्माले भनिन्। 

हिडन ट्रेजरका निर्देशक सुवर्णबहादुर क्षेत्री विगतका उपलब्धिमा टेक्दै सुनौलो भविष्यतर्फ मिस नेपाल अगाडि बढेको धारणा राखे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad