फिल्म ‘घोस्टेल’ निर्माणको घोषणा गरिएको छ।
निर्माण कम्पनीले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो।
सार्वजनिक पोस्टरमा हेर्दा यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ। अनन्या फिल्मस् ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन्। न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन्।
सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। यो फिल्मको कास्ट एण्ड क्रूबारे निर्माण टिमले केहि बताएको छैन। प्रमुख अभिनयमा रहने कलाकारहरू सार्वजनिकसँगै फिल्मको थप विवरण पनि खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए।
फिल्मको कथा सुयोग गुरुङको नै हो। ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको सुटिङ सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन्।
यो फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन्। जेरी अन टप आगामी तिहारमा प्रदर्शनमा आउँदैछ। यस फिल्मको प्रदर्शनपछि घोस्टेलको छायांकन सुरू गरिने बताइएको छ।
Shares

प्रतिक्रिया