कला


छोडिसकेको फिल्म ‘हेराफेरी ३’ मा फर्किन कसरी तयार भए परेश रावल?

छोडिसकेको फिल्म ‘हेराफेरी ३’ मा फर्किन कसरी तयार भए परेश रावल?

नेपालखबर
असार १७, २०८२ मंगलबार १२:३२, काठमाडौँ

बलिउड फिल्म ‘हेराफेरी ३’ मा अभिनेता परेश रावल फर्किएका छन्। रावलले एक पडकास्टसँगको कुराकानीमा आफू टिमसँग पुनः जोडिएको पुष्टि गरे।
 
छोडिसकेको फिल्ममा रावल फर्किएसँगै सिनेक्षेत्रमा यो चासोको विषय बनेको छ। आखिर यस फिल्ममा फर्किन उनी कसरी तयार भए त?  एक अन्तर्वार्तामा फिल्म निर्माता फिरोज नाडियाडवालाले यो मुद्दा कसरी समाधान भयो भन्नेबारे बताएका छन्।

पिंकभिल्लासँग कुरा गर्दै फिरोज भने, ‘मेरो भाइ साजिद नाडियाडवालाको माया, सम्मान, राम्रो मार्गदर्शन र अहमद खान साहबको समर्थनले हेरा फेरी परिवार फेरि एकताबद्ध भएको छ। मेरो भाइ साजिदले यो समस्या समाधान गर्न धेरै दिनसम्म धेरै व्यक्तिगत समय र प्रयास गरे। हाम्रो ५० वर्ष पुरानो सम्बन्ध छ। अहमदले पनि धेरै कडा परिश्रम गरे। साजिद र अहमदको माया र मार्गदर्शनले गर्दा अहिले सबै कुरा राम्रो र सकारात्मक छ।’

फिरोजले अक्षयले पनि समस्या समाधान गर्न मद्दत गरेको खुलासा गरे। ‘हामीलाई अक्षय जीबाट पनि पूर्ण सहयोग मिल्यो। १९९६ देखि हाम्रो धेरै राम्रो सम्बन्ध छ। सम्पूर्ण समस्या समाधान गर्न उहाँ धेरै दयालु, मायालु र सौहार्दपूर्ण हुनुहुन्थ्यो। प्रियदर्शन जी, परेश जी र सुनील जीले पनि पूर्ण सहयोग गर्नुभयो। अब हामी राम्रो, खुशी फिल्म बनाउने आशामा छौँ।’

हालै परेशले हेरा फेरी ३ को विवाद समाप्त गर्दै फिल्ममा फर्कने पुष्टि गरेका छन्। केही समय अघि परेश रावलले रचनात्मक भिन्नताका कारण फिल्म हेरा फेरी ३ छोडेका थिए, जसका कारण फ्यानहरू धेरै निराश भएका थिए।

परेश रावलले अचानक फिल्म छोडेको खबर आएपछि फिल्म निर्माण गरिरहेको अक्षय कुमारको टोलीले उनलाई कानुनी सूचना पठाएको थियो। अक्षयकी वकिल पूजा तिडकेले निर्माण कम्पनीले फिल्ममा धेरै पैसा खर्च गरेकोले यस विषयमा कानुनी कारबाही गर्न सकिने बताएकी थिइन्। 

विवाद बढ्दै जाँदा परेशले फिल्मको साइनिङ रकम ५ प्रतिशत ब्याजसहित ११ लाख रुपैयाँ फिर्ता गरे। परेश रावलले फिल्म छोडेपछि अक्षय कुमार भावुक भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad