कला


प्रज्ञा प्रतिष्ठानले तयार पारेको सातै प्रदेशका गीत सार्वजनिक

प्रज्ञा प्रतिष्ठानले तयार पारेको सातै प्रदेशका गीत सार्वजनिक

नेपालखबर
असार २४, २०८२ मंगलबार १३:५२, काठमाडौँ

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले २ म्युजिक भिडिओ र ७ वटा अडिओ गीत सार्वजनिक गरेको छ। प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रभाव झल्कने गीत लेखन प्रतियोगितामा छनोट भएका ७ प्रदेशका उकृष्ट ७ वटा गीत एकैसाथ सार्वजनिक गरेको हो। जसमध्ये कार्यक्रममा दुई गीतको भिडिओ ‘तीते तीते’ र ‘लहबीरे’ गीतको म्युजिक भिडिओ र अन्य गीतको अडिओ बजाइएको थियो।

शिक्षाको पहुँच नपुगेर विदेशिएका नेपालीको यथार्थता झल्कने ‘तीते तीते’ गीतको म्युजिक भिडिओलाई अभी लामाले निर्देशन गरेका हुन्। गीतमा महेश खड्काको संगीत, प्रकाश सापकोटाको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ भने बिना रावत र अलि तामाङले अभिनय गरेका छन्।

त्यस्तै अर्को भिडिओ पूर्वी पहाड ओखलढुंगाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख  ‘लहबीरे’ भाकाको आधारित रहेको छ। लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीतमा कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमावी राई र रश्मी राईको स्वर छ। भिडिओ अभी लामाले नै निर्देशन गरेका हुन्।

कार्यक्रममा ७ प्रदेशको ७ उकृष्ट राष्ट्रभाव झल्कने अडियो गीत सार्वजनिक गरेको थियो। प्रदेशबाट सार्वजनिकमध्ये सुदूरपश्चिमको धीरन नाथको शब्द रहेको गीतमा शान्तिराम राईको संगीत र रोशन राईले स्वर रहेको छ। कर्णाली प्रदेशको गीतमा क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत, मिलन खपाङ्गी र मीना चौधरीको स्वर छ।

यसै‍गरी मधेस प्रदेशबाट लीलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत, प्रल्हाद तिमल्सिना र मनीषा सुनारको स्वर रहेको गीत छनोटमा परेको हो। लुम्बिनी प्रदेशकोमा वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर छ।

गण्डकी प्रदेशकोमा बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले स्वर दिएका छन्। बागमती प्रदेशको गीतमा सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत, रोशन राईको स्वर छ।

कोसीशीबाट तेजकुमार राईको शब्द र महेश खड्काको संगीत र सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर रहेको गीत परेको छ। सबै गीत प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको उपस्थितिमा भएको उक्त सार्वजनीकरण कार्यक्रमको संयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरेका थिए। कार्यक्रममा बोल्दै प्रतिष्ठानकी अध्यक्ष पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडिओ र गीतहरूको रेकर्ड गरिएको जानकारी दिइन्।

कार्यक्रमका संयोजक प्रतिष्ठानका उपकुलपति राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जोगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताए। उनले प्रतिष्ठान सबैको साझा सम्पति भएकोले सुझाव र सल्लाहको अपेक्षा गरेको बताए।

कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतकार,गीतकार,गायकगायिकालगायत अभिनय गर्ने सबै कलाकारलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad