फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको ‘त्यो मिठो जोवन’बोलको गीत डान्सिङ प्याटनको छ। दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार केदार घिमिरे ९माग्ने बुढा० र वर्षा सिवाकोटीको फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाँचेका छन्।
यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन्। नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन्।
यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन्। निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए।
यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ।
यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ।
Shares

प्रतिक्रिया