अक्षयकुमार स्टारर बलिउड फिल्म ‘हाउसफुल ५’ ले राम्रो कमाइ गरिरहेको छ।
यस फिल्मले ३३ दिनमा घरेलु बक्सअफिसमा १८३.३३ करोड भारतीय रुपैयाँ कमाएको छ।
बहुप्रतिक्षीत यस फिल्मले पहिलो दिन भारतभर २४ करोड ३५ लाख भारुको ओपनिङ गरेको थियो। घरेलु बक्स अफिसमा फिल्मले भारतको तुलनामा विदेशमा छिटो व्यापार गरेको छ।
अष्ट्रेलियादेखि बेलायत र अमेरिकासम्म फिल्मको प्रतिक्रिया धेरै राम्रो छ। जसकारण यस फिल्मले विदेशको कमाइ २८८.५१ करोड पार गरेको छ। विदेशी बजारमा यस फिल्मले ७०.२५ करोड कमाएको छ।
२२५ करोड भारुमा बनेको यस फिल्मका निर्माता साजिद नाडियाडवाला हुन्। फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ लाई तरुण मनसुखानीले निर्देशन गरेका हुन्।
यस फिल्ममा अक्षयसहित रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया