कला


आफ्नै फ्ल्याटमा मृत भेटिइन् पाकिस्तानी अभिनेत्री

आफ्नै फ्ल्याटमा मृत भेटिइन् पाकिस्तानी अभिनेत्री

अभिनेत्री हुमैरा असगर अली (फाइल फोटो)


नेपालखबर
असार २६, २०८२ बिहिबार ५:२९, काठमाडौँ

पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली पाकिस्तानको कराँची सहरस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेकी छन्।

कराँची प्रहरी अधिकारीहरूले डिफेन्स हाउसिङ अथोरिटी क्षेत्रमा रहेको उनको फ्ल्याटमा  उनी मंगलबार राति मृत भेटिएको बताएका छन्। 

अभिनेत्री असगरका परिवारका सदस्यले उनको शव लिन अस्वीकार गरेका छन्।

सञ्चारमाध्यमका अनुसार अदालतको आदेशमा फ्ल्याट खाली गर्न प्रहरी उनको घर पुग्दा हुमैरा असगरको शव भेटिएको थियो।

प्रहरीका अनुसार अभिनेत्रीको मृत्यु धेरै दिनअघि भएको देखिन्छ। तर उनको मृत्युको कारण अझै स्पष्ट भएको छैन।

एसएसपी साउथ मेहरोज अलीले भने, ‘अभिनेत्री हुमैरा अली लाहोरकी बासिन्दा थिइन् र २०१८ देखि इत्तेहाद कमर्सियल एरियाको फ्ल्याटमा बस्थिन्।’

अभिनेत्री हुमैरा असगर यस भवनको चौथो तलाको फ्ल्याटमा बस्थिन्।

उनका अनुसार अभिनेत्री अलीले सन् २०२४ देखि भाडा तिर्न छाडेकी थिइन्। त्यसपछि घरधनी अदालतको ढोका ढकढक्याउन पुगेका थिए।

यसपछि मंगलबार राति घरधनी अदालतको 'बेलिफ' (सामान जफत गर्ने कर्मचारी) सँग सम्बन्धित फ्ल्याटमा पुग्दा ढोका भित्रबाट बन्द देखियो।

एसएसपीले भने, ‘जब प्रहरीले फलामको ढोका र काठको ढोका तोडेर भित्र पस्यो, हुमैरा अलीको शव भुइँमा लडिरहेको भेटियो, जुन धेरै दिन भइसकेको थियो।’

प्रहरी सर्जन डा. सुमैयाले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad