विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा दक्षिण कोरिया जाने युवाको सपनालाई समेटिएको छ।
फिल्मका मुख्य पात्र विजयले कोरिया जानेसपना र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको कुराहरू टिजरमा अटाएका छन्। ठगीमा पर्दा अलपत्र परेको र गन्तव्यविहिन यात्रालाई टिजरमा देखाइएको छ।
टिजरमा फिल्मका मुख्य कलाकारहरू अटाएका छन्। यस फिल्ममा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतको अभिनय छ। हिमाल न्यौपानेको निर्देशन रहेको यो फिल्म भदौ ६ गतेबाट रिलिज हुँदैछ।
45
Shares

प्रतिक्रिया