फिल्म ‘गुन्यो चोलो: द ड्रेस’ मा समावेश ‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक भएको गीतमा मुख्य कलाकार नाजिर हुसेन फिचर्ड छन्।
लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर रहेको सुन्न सकिन्छ। सार्वजनिक गीतको भिडिओमा अभिनेता हुसेन पारलैंगिक महिला (ट्रान्सवुमन) को अवतारमा देखिएका छन्।
उनको हाउभाउ र नृत्यले दर्शकको ध्यान खिँच्छ। यसै फिल्मका लागि हुसेनले १५ केजी तौल घटाएका थिए। नाजिरले गरेको मेहनेत गीतको भिडिओमा पनि देखिन्छ।
समुन्द्र भट्ट निर्देशित यस फिल्ममा नाजिरसँगै सुशिल सिटौला, राजकुमार घोष, सञ्जिता लुइँटेल, शिशिर राणा, विशाल पहाडी लगायतको अभिनय छ। फिल्मको पटकथा तथा संवाद भट्ट र हुसेनले तयार पारेका हुन्। यो फिल्म आगामी भदौ १३ गतेबाट रिलिज हुँदैछ।
गीतको भिडिओ:
Shares

प्रतिक्रिया