बलिउड जोडी कियारा आडवाणी र सिद्धार्थ मलहोत्रा आमाबुबा बनेका छन्।
कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कियाराको डेलिभरी डेट अगस्टमा थियो। तर, जुलाईमै उनले बच्चालाई जन्म दिएकी हुन्। छिटो डेलिभरी भए पनि कियारा र बच्चा दुवै स्वस्थ छन्।
मंगलबार बुवाआमा बनेसँगै कियारा र सिद्धार्थले बुधबारे सामाजिक सञ्जालमार्फत आधिकारिक घोषणा गरे।
‘हाम्रो मन भरिएको छ। र, हाम्रो संसार सधैंको लागि परिवर्तन भएको छ। हामीले छोरीको आशिर्वाद पाएका छौँ’, दुवैले इन्स्टाग्राममा लेखेका छन्।
यस खबरसँगै कलाकार र फ्यानहरूले बधाई दिइरहेका छन्। साथै छोरीको पहिलो झलकको समेत व्यग्र प्रतीक्षामा छन्।
सन् २०२३ फ्रेब्रअरी ७ मा कियारा र सिद्धार्थले बिहे गरेका थिए। ‘शेरशाह’को सुटिङमा नजिक भएका उनीहरुबीच प्रेमविवाह भएको हो।
Shares

प्रतिक्रिया