कला


अभिनेत्री मनीषा कोइरालालाई बेलायतको विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

अभिनेत्री मनीषा कोइरालालाई बेलायतको विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

नेपालखबर
असार ३२, २०८२ बुधबार १२:५०, काठमाडौँ

अभिनेत्री मनीषा कोइरालाले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि दिएको छ। मनीषाले फेसबुकमा मानार्थ उपाधि ग्रहण गर्दाको भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्।

‘म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु। यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी अर्थपूर्ण छ’ मनीषाले लेखेकी छिन्, ‘यो प्रमाण हो कि तपाईं जहाँबाट सुरु गर्नुहुन्छ, तपाईंको यात्रा महत्वपूर्ण छ। मेरो जीवनको कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड  विश्वविद्यालयलाई धन्यवाद।’

थुप्रै बलिउड हिट फिल्म दिइसकेकी मनीषा क्यानसरलाई जितेर नयाँ जीवन पाएकी हुन्। उनी पछिल्लोपटक संजयलीला भन्सारीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ मा देखिएकी थिइन्। जहाँ उनले निर्वाह गरेको मलिकाजानले निकै प्रशंसा बटुलेको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad