वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन्। महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हाम्रो देश पनि अब ईभी मोटर चढ्ने युगमा आइसकेको छ। बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ,' उनले भने, 'हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ। अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ। यो एकदमै राम्रो हो। लोकतन्त्र आएपछि धेरै डेभलपहरू मैले देखेको छु।’
वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भए पनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको सुनाए। बसको संख्या र बसको सेवा बढ्न जरुरी रहेको उनको भनाइ छ।
288
Shares

प्रतिक्रिया