बलिउड लबस्टोरी फिल्म ‘सैयारा’ यस वर्षकै ठूलो सरप्राइज बन्दै छ।
अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका यो नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो।
शुक्रबारदेखि रिलिज भएको यस फिल्मले दुइ दिनमा ४५ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ। रिलिजकै दिन फिल्मले २१ करोड भारु नेट ओपनिङ गरेको थियो।
दोस्रो दिन शनिबार फिल्मको व्यापार बढेर २४ करोड भारु पुगेको छ। आइतबार पनि फिल्ममा अकुपेन्ची राम्रो छ।
दुइ दिनको घरेलु बक्स अफिस कलेक्सनको आधारमा यस फिल्मले राजकुमार राव अभिनीत ‘मालिक’, शाहिद कपुतको फिल्म ‘देवा’, काजोल स्टारर फिल्म ‘मा’ र जोन अब्राहमको फिल्म ‘द डिप्लोमेट’ लाई पछि पारिसकेको छ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरी पछिल्लो फिल्म ‘एक भिलेन रिटन्र्स’ थियो। उनले निर्देशन गरेका ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्।
सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनीतले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्। नयाँ भएपनि यी दुबै कलाकारहरुको अभिनयलाई दर्शक तथा समीक्षकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ।
Shares

प्रतिक्रिया