चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’मा अभिनेत्री सिम्रन पन्त अनुबन्ध भएकी छन्।
निर्माण टिमले उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेको हो। यस फिल्ममा उनी अभिनेता पल शाहसँग जोडीको रुपमा देखिनेछिन्।
सिम्रनले यसअघि फिल्म ‘होस्टेल ३’ मा डेब्यु गरेकी थिइन्, बक्सअफिसमा हिट भएको यस फिल्मबाट सिमरनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो फिल्म हो।
यसअघि नै फिल्ममा पलसहित विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।
अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँ फिल्ममा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
फिल्मका निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ।
निर्माता पक्षले प्रदीप रावत, विपना, पलका साथै अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै टुंगो लगाउने जनाएको छ। निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।
Shares

प्रतिक्रिया