कला


‘रिमै’ को टिजरमा यस्तो देखियो दयाहाङ र रिश्माको जोडी

‘रिमै’ को टिजरमा यस्तो देखियो दयाहाङ र रिश्माको जोडी

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:४६, काठमाडौँ

खिल बहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ। करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो।

यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अब भदौ २० गतेबाट रिलिज हुनेछ।

सार्वजनिक टिजरमा एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ। टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु समेटिएको छ। 

दयाहाङ राईको र रिश्मा गुरुङको प्रेमकथावरिपरि टिजर घुमेको छ। हिट फिल्म ‘कबड्डी’ पछि यी दुबैले एकसाथ स्क्रिन सेयर गरेका हुन्।  अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।

गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यस फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad