कला


‘जेरी अन टप’ पोस्टरमा यस्तो देखियो अनमोलको लुक

‘जेरी अन टप’ पोस्टरमा यस्तो देखियो अनमोलको लुक

नेपालखबर
साउन ८, २०८२ बिहिबार १३:५९, काठमाडौँ

तिहारको अबसरमा असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले फिल्मको प्रचार थालनी गर्दै बिहीबार एकसाथ ३ पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका ३ प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन्। पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन्। अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन्। पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन्। अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन्। 

निर्माता सरोज न्यौपानेले बिहीबार सार्वजनिक पोस्टरलाई सुरुवात मात्र भन्दै बिस्तारै फिल्म भित्रका विभिन्न सरप्राइज खुल्दै जाने बताए। पोस्टर सार्वजनिक गर्दै न्यौपानेले फिल्मलाई सम्पूर्ण टिमको अथाह मेहनतपछिको परिणाम भनेका छन्।

सगरमाथा आधारशिविर, काठमाडौँ, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ। फिल्मका केही दृश्य काठमाडौँमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो।

सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो। कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्। 

‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ। विश्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad