कला


बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु

बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु

नेपालखबर
साउन ११, २०८२ आइतबार ९:४३, काठमाडौँ

दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ। शनिबार ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट यस फिल्मको छायांकन सुरु गरिएको हो।

असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो। कृष्णबहादुर थापा छायाँकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ।

फिल्म ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। 

निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad