फिल्म ‘सुख दुःख’मा कलाकार मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।
अभिनेत्री नीता ढुङ्गाना अधिकारीले यस फिल्मलाई निर्माण तथा निर्देशन गर्नेछिन्।
अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो चलचित्र अपूरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदै छ।’
यसअघि फिल्मका चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरुबाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।
नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शन गर्ने योजना छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।
Shares

प्रतिक्रिया