चर्चित पप गायक अनिल सिंहले आफूलाई म्युजिक नेपाल र म्युजिक डट कमले मर्न बाध्य पारिरहेको आरोप लगाएका छन्। आइतबार एक छोटो रिल्स सार्वजनिक गर्दै उनले म्युजिक नेपाल र म्युजिक डटकमका कारण आफू ठूलो डिप्रेसनमा रहेको बताएका हुन्।
उनले भनेका छन्, ‘राजेश वंशलका कारण आत्महत्या गर्दैछु के दाइ। म हाइ डिप्रेसनमा छु। कुनै पनि बेला आत्महत्या गर्न सक्नेवाला छु। अब मेरो लागि जिन्दगीमा केही बाँकी छैन। राजेश वंशलले मलाई मर्न बाध्य बनाएको छ।’ राजेश वंशल म्युजिक डट कमका सञ्चालक हुन्।
सिंहले म्युजिक नेपाल र म्युजिक डटकम मेन्सन गर्दै एक क्याप्सन समेत लेखेका छन्। उनले लेखेका छन्, ‘तिमीहरूले मलाई किन मर्न बाध्य पार्दै छौ? किन मेरो करियर र सांगीतिक जीवन बर्बाद पार्दै छौ? किन? किन?’
भिडिओमा स्पष्ट रूपमा विवादको सन्दर्भ नखुलाइएको भए पनि म्युजिक नेपाल र म्युजिक डटकमले सिंहलाई रोयल्टी नदिइएको बुझिन्छ। किनकी भिडिओमा अनिलले ‘एग्रिमेन्ट मात्रै देखाएर भएन नि’ समेत भनेका छन्।
सिंह कुनै समयका चर्चित पप गायक हुन्। उनको इन्जिन गाडीमा लगायतका गीतहरू चर्चित छन्।
Shares

प्रतिक्रिया