कला


चर्चामा ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ (भिडिओ)

चर्चामा ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ (भिडिओ)

नेपालखबर
साउन १३, २०८२ मंगलबार १३:५७, काठमाडौँ

फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई दर्शकले रुचाएका छन्।

एक साताअघि सार्वजनिक गीत टिकटकदेखि युट्युबसम्म भाइरल छ। 

युट्युबमा यस गीतलाई १२ लाखभन्दा बढी भ्युज आइसकेको छ।

फेसबुकमा पनि ७० लाखभन्दा धेरैले हेरेको निर्देशक सरोज पौडेलले जानकारी दिए।

यस्तै यस गीतमा २० हजारभन्दा धेरै टिकटक भिडिओ बनिसकेका छन्।

‘नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ। हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनुभएको छ। दैनिक हजारौँले भिडिओ बनाइरहनुभएको छ’, उनले भने।

नेत्र अर्यालका शब्द रहेको यस गीतमा खेम सेन्चुरीको हुकलाइन र संगीत छ।

गीतमा खेमसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर छ। 

गीत तीजको सेटअपमा छ। भिडिओमा मुख्य कलाकारहरू सुरक्षा पन्त, नीति शाह र ऋचा शर्मा फिचर्ड छन्।

यसैबीच निर्माण पक्षले यो गीतमा टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको छ।

प्रतिस्पर्धामा अगस्ट २० सम्म सहभागीले भाग लिन सक्नेछन्।

टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्नेछ।

यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडिओले २० हजार र मोस्ट लाइक भिडिओले १० हजार पाउनेछन्।

उक्त फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्।

नरदेवी फिल्म्‌स्‌को प्रस्तुति र सारंगी फिल्म्‌स्‌को सहकार्य रहेको यो फिल्म भदौ १२ गते रिलिज हुँदै छ।

फिल्ममा सुरक्षा, ऋचा र नीतिसहित आर्यन सिग्देल, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ।

यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad