कला


स्वास्थ्य लाभपछि काममा फर्किए कमेडियन मेक्सन गौडेल

स्वास्थ्य लाभपछि काममा फर्किए कमेडियन मेक्सन गौडेल

नेपालखबर
साउन १३, २०८२ मंगलबार १६:२७, काठमाडौँ

चर्चित कमेडियन मेक्सन गौडेल काममा फर्किएका छन्। स्वास्थ्यमा सुधार भएसँगै गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा फर्किएका छन्। 

दर्शकले १९ औं एपिसोडदेखि गौडेलको प्रस्तुति हेर्न पाउने शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए। आगामी शनिबार हुने एपिसोडको सुटिङमा गौडेल जोडिने उनको भनाइ छ। 

‘स्वास्थ्यमा सुधार भएसँगै उहाँ काममा फर्किसक्नु भएको छ। आगामी शनिबार छायांकन हुने एपिसोडमा उहाँ जोडिनुहुनेछ। दर्शकले उहाँलाई १९ वा २० औं एपिसोडबाट हेर्न पाउनेछन्,’उनले भने। 

यद्धपी, कमजोरीका कारण गौडेलले हाल एउटा मात्रै प्रस्तुति गर्ने समेत उनले सुनाए। 

गत ४ महिनाअघि उनी प्याङ्क्रियाजको समस्याबाट पीडित भएका थिए। यसअघि पेटमा दुखाइ भएपछि उनी बानेश्वरस्थित सिभिल अस्पतालमा झण्डै दुइ साता भर्ना भएका थिए। त्यहाँ निको नभएपनि उनलाई दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएको थियो। 

‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए। ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad