कला


सर्वनाम थिएटरमा नाटक ‘जब फूलले आकार लिन्छ’ को मञ्चन

सर्वनाम थिएटरमा नाटक ‘जब फूलले आकार लिन्छ’ को मञ्चन

नेपालखबर
साउन १५, २०८२ बिहिबार १४:४५, काठमाडौँ

कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘जब फूलले आकार लिन्छ’ मञ्चन भइरहेको छ। साउन १२ गतेदेखि सुरु भएको मञ्चन साउन १८ गतेसम्म चल्नेछ।

सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो। यस नाटकमा गायत्री जोशी, सुमीक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कलाकारहरुको अभिनय छ।

यो नाटक सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो। जहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ। एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन्। अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ। यी दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तुमा समेटिएको छ।

नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ। मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आईरहेको छ। सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन्।

तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको यो नाटक बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad