अक्षयकुमार र अर्शद वारसी स्टारर बलिउड फिल्म ‘जोली एलएलबी ३’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरअनुसार यस पटक दुवै जोली फिल्ममा देखिनेछन् र एक अर्कासँग प्रतिपर्धा गर्नेछन्।
अक्षय कुमार र अर्शद वारसीसहित टिजरमा सौरभ शुक्ला पनि देखिएका छन्। कोर्टरुम वरिपरि घुमेको फिल्मको टिजर निकै रोचक बनेको छ। सुभाष कपुर निर्देशित यो फिल्म आउँदो १९ सेप्टेमबरमा रिलिज हुँदैछ।
यस फिल्ममा अक्षय कुमार र अर्शद हुमासहित कुरेशी र अमृता राव पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्मलाई लिएर दर्शकहरू धेरै उत्साहित छन् र व्यग्र साथ पर्खिरहेका छन्।
यो फिल्म ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो भाग हो। पहिलो भाग सन् २०१३ र दोस्रो भाग २०१७ मा रिलिज भएको थियो। अब लगभग आठ वर्षपछि फिल्मको तेस्रो भाग रिलिज हुन लागेको छ। पहिलो र दोस्रो भागमा पनि अक्षयकुमार र अर्शद वारसी मुख्य भूमिकामा थिए।
Shares

प्रतिक्रिया