कला


१२ वर्षपछि ‘पार्वती’मा नीता र दीपाको सहकार्य हुँदै

१२ वर्षपछि ‘पार्वती’मा नीता र दीपाको सहकार्य हुँदै

नेपालखबर
साउन २८, २०८२ बुधबार १२:२२, काठमाडौँ

नीता ढुंगानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। नीता र दीपाबीच मंगलबार सम्झौता भएको हो।

‘हामीबीच सल्लाह भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियाैँ। आज चाहीँ फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो,’ नीताले भनिन्। 

फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नितासँगको सहकार्यलाई सम्झिएकी छन्।

‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा 'छ एकान छ'मा हामीलाई हेल्प गरेकी थियौँ। १२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ 'पार्वती'मा। अहिले यो साउनको महिना, शिव पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाए। धन्यवाद छ मलाई सम्झेकोमा।’

निताले १२ वर्षअघि आफूलाई सम्झिएको र १२ वर्षपछि आफ्नाे डाइरेक्टरमा दीपालाई लिन पाएकोमा खुशी व्यक्त गरिन्।

दीपाश्रीअघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए। सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको फिल्ममा उनी आफैँ मुख्य भूमिकामा अभिनय गर्दैछिन्।

आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा नीता, दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएकाे छैन। निर्देशक नीताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।

फिल्मको कथा नीता ढुंगाना आफैँले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्।

निताले ‘ह्रस्वदीर्घ’ मार्फत फिल्म निर्माण सुरु गरेकी हुन्। यसपटक भने नीताले ‘पार्वती’ र ‘सुख-दुःख’ फिल्ममार्फत निर्देशनमा पाइला राख्न लागेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad