अभिनेत्री बेनिशा हमाल अभिनीत दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ हलमा चलिरहेका छन्। यी दुवै फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्। अझ ‘मोहर’ ले त बक्सअफिसमा पनि राम्रो व्यापार गरिरहेको छ।
आफू अभिनीत फिल्म चलेपछि बेनिशाले खुसी व्यक्त गरेकी छिन्।
‘एकदमै खुसी लागिरहेको छ। दुइटा प्रोजेक्ट एकसाथ रिलिज हुँदा पहिला चाहिँ प्रेसर फिल भएको थियो। दौडधुप धेरै हुँदा आफैँले आफ्नो केयर गर्न पाइको थिइनँ,' नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, 'तर, रिलिज पश्चात् चाहिँ जुन प्रकारको प्रतिक्रिया आइरहेको छ दर्शकहरूबाट त्यसले एकदमै उत्साहित बनाएको छ।’
यस्तोमा बेनिशाले नेपाली फिल्मले स्थान दिन आग्रह गरिन्। उनले भनिन्,‘आजबाट चाहिँ दुई वटा विदेशी फिल्मले गर्दाखेरि चाहिँ शोजहरूमा कटौती भएको छ।
'हाम्रो नेपाली हलहरूमा चाहिँ नेपाली फिल्मले नै स्थान पाओस्, त्यो पनि रिक्वेस्ट गर्न चाहन्छु। किनभने यति माया पाइरहेको छ,' उनले भने, 'दुवै फिल्मले र माया पाइरहेको फिल्महरुको शोज कटौती हुनु भनेको चाहिँ सबैजनाको लागि दुःखको कुरा हो।’
हल भिजिटको लागि बेनिशा हिजोमात्रै नेपालगञ्ज पुगेकी थिइन्। काठमाडौँका विभिन्न हल पुगिरहेकी उनी केहीदिनमा अब चितवनदेखि बुटवल जाने योजना छ।
Shares

प्रतिक्रिया