कला


‘अभिमन्यु : च्याप्टर–१’ को ‘लड्की गोरी’ सार्वजनिक

‘अभिमन्यु : च्याप्टर–१’ को ‘लड्की गोरी’ सार्वजनिक

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १६:४६, काठमाडौँ

सुशान्त गौतम निर्देशित फिल्म  ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत सार्वजनिक भएको छ। भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ। संगीत संयोजन विषम आचार्यले गरेका छन्। गीतमा आइटम डान्स जुना सुन्दासको छ। कोरियोग्राफी रोहन विश्वकर्माको छ ।

गीत भोजपुरी लवजमा रहे पनि भाषा भने नेपाली प्रयोग गरिएको छ। नृत्य र कोरियोग्राफी पनि भोजपुरी गीतको जस्तै डान्सिङ प्याटनमा छ। 
फिल्ममा तराईको भूमिका पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको देखिन्छ।

यस चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।


पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यो फिल्म भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad