कला


प्रधानमन्त्री मोदीले अभिनेता रजनीकान्तलाई दिए बधाई

प्रधानमन्त्री मोदीले अभिनेता रजनीकान्तलाई दिए बधाई

नेपालखबर
भदौ १, २०८२ आइतबार ९:१७, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता रजनीकान्तलाई सिनेक्षेत्रमा ५० वर्ष पूरा गरेकामा बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई बधाई दिएका हुन्।

दिल्लीमा भएको बैठकको फाइल तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सिनेमाको दुनियाँमा गौरवशाली ५० वर्ष पूरा गरेकामा रजनीकान्तजीलाई बधाई छ। उनको यात्रा अविस्मरणीय छ। उनका विभिन्न भूमिकाले मानिसको हृदयमा गहिरो प्रभाव पारेका छन्। आगामी दिन उनको थप सफलता र सुस्वास्थ्यको कामना गर्दछु।’

प्रधानमन्त्री मोदीको यो पोस्टको जवाफ दिँदै रजनीकान्तले लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी, तपाईंको शुभकामनाका लागि म धेरै-धेरै धन्यवाद दिन्छु। यस्तो सम्मानजनक शब्द पाउनु मेरा लागि गर्वको कुरा हो, विशेष गरी एक नेताबाट, जसलाई म लामो समयदेखि धेरै प्रशंसा गरिरहेको छु। तपाईंका शब्दहरूका लागि धन्यवाद। जय हिन्द।’

सन् १९७५ मा फिल्मक्षेत्रमा डेब्यु गरेका उनले यस वर्ष अप्रिल १५ मा ५० वर्ष पूरा गरेका हुन्। 

उनले १९७५ मा के. बालाचन्दरको फिल्म ‘अपूर्व रागंगल’ बाट डेब्यु गरेका थिए।

उनी अभिनीत ‘कुली १’ हालै रिलिज भएको छ। 

लोकेश कनागराज निर्देशित फिल्ममा रजनीकान्तसँगै नागार्जुन, सौबिन शाहिर, श्रुति हसन, सत्यराज, उपेन्द्र र आमिर खान मुख्य भूमिकामा छन्। यो  फिल्मले भारतमा तीन दिनमा नेट १५८ करोड कमाइसकेको छ।

यो फिल्म रजनीकान्तको करिअरकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। फिल्मले घरेलु बक्सअफिसमा ६५ करोडको ओपनिङ गरेको थियो।

रजनीकान्तले ३१ डिसेम्बर २०१७ मा राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका थिए। उनले २०२१ को तमिलनाडु विधानसभा चुनावमा सबै २३४ सिटमा आफ्ना उम्मेदवार उठाउने बताएका थिए।

यद्यपि २०२१ जुलाई १२ मा उनले आफ्नो संगठन ‘रजनी मक्कल मन्द्रम’  विघटन गर्दै राजनीति त्यागे।

सन् २०२४ मा रजनीकान्तले मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बनेकामा बधाई दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad