कला


काठमाडौँमा गीत खिचेपछि सकियो ‘एक्लो’को छायांकन

काठमाडौँमा गीत खिचेपछि सकियो ‘एक्लो’को छायांकन

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १३:३६, काठमाडौँ

साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र ‘एक्लो’को छायांकन सकिएको छ।

निर्देशक प्रदीप शाहीका अनुसार बाँकी एक गीतको छायांकन हालै सकेपछि सुटिङ पूरा भएको हो।

जुन गीत काठमाडौँमा भव्य सेट लगाएर छायांकन गरिएको थियो।

चलचित्रका मुख्य कलाकारमध्ये एक कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर र रोहित शाक्यको संगीत छ। 

गीतको भिडि‌ओको कोरियोग्राफी पनि कविताले नै गरेकी हुन्। 

‘एक्लो’मा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्।

फिल्मको पोस्ट-प्रोडक्सन लन्डनमा भइरहेको छ र आउँदो पुसमा क्रिसमसको अवसर पारेर रिलिज गर्ने तयारी छ। 

‘एक्लो’ले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा समेत आफ्नो उपस्थिति जनाइसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढाएको छ। 

निर्देशक शाहीले यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन्।

लामो समयदेखि बेलायतमा बसोबासरत उनले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।

मुख्य कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह छन्। साथै बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा देखिनेछन्।

निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

‘क्षितिज’का अनुसार गीत दसैँमा रिलिज गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad