जेनजी आन्दोलनका कारण ‘काठमाडौँ कलिंगा साहित्य महोत्सव’को चौथो संस्करण निर्धारित मितिमा हुन सकेन। जसकारण भदौ २८ र २९ गते हुने भनिएको महोत्सवको मिति सारिएको छ।
आयोजकले एक विज्ञप्ति निकाल्दै जेनजी आन्दोलनमा भएको राजनीतिक परिस्थितिका कारण मिति पोस्टपोन्ड गरिएको जनाएको छ। यो महोत्सव अर्को सूचना नआउन्जेल सम्मका लागि सारिएको कलिंगाको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ।
यस संस्करणको मूल विषय ‘सीमापारिः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन्। उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।
महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ। साथै बंगलादेशका चर्चित गायक तथा संगीतकार अर्को मुखर्जीले पनि प्रस्तुति दिनेछन।
महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।
Shares

प्रतिक्रिया