कला


‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी

‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी

नेपालखबर
असोज २, २०८२ बिहिबार २०:०, काठमाडौँ

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ। निर्माणटिमले रिलिज मिति नजिकिएसँगै फिल्मको दुइ पोस्टर सार्वजनिक गरेको हो। 

सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन्। अनुहार थोरै बडी पार्टमा देखिएका दयाहाङ सोचमग्न छन् । विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहेका छन् ।

पोस्टरमा समृद्धि अर्याल भने हासिरहेकी देखिन्छन्। मुख्य तीन कलाकार दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकार पनि पोस्टरमा देखिएका छन्। उनीहरू तीनवटा बाइकमा कसैलाई पिछा गरिरहेका छन् । एउटा बाइक भने विजय स्वयंले चलाएका छन् । अर्को एउटा बाइक मधेसीको गेटअपमा प्रदीप चौधरीले चलाइरहेका छन् ।

अर्को पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय छन् । जसमा यी दुई एकअर्काविरुद्ध उत्रिएका छन् । घम्साघम्सी गरिरहेको यो पोस्टरले उनीहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको प्रष्ट पार्छ। 

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ पोस्ट प्रोडक्सनमा छ। यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad