कला


शिल्पा शेट्टी दम्पतीले ६० करोड जम्मा गरेर मात्र विदेश जान पाउने

शिल्पा शेट्टी दम्पतीले ६० करोड जम्मा गरेर मात्र विदेश जान पाउने

नेपालखबर
असोज २२, २०८२ बुधबार १८:२, काठमाडौँ

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राले अब लस एन्जलस वा अन्य देशमा यात्रा गर्न चाहे ६० करोड जम्मा गर्नुपर्ने भएको छ।

लाइभ लका अनुसार, बम्बई उच्च अदालतले बुधबार लुकआउट सर्कुलर खारेज गर्न माग गरिएको निवेदनको जवाफमा यो निर्णय सुनाएको हो।

६० करोड ठगी मुद्दामा सम्बन्धमा लुकआउट सर्कुलर (एलओसी) खारेज गर्न माग गर्दै शिल्पा दम्पतीले उच्च अदालतमा निवेदन दिएपछि यो निर्देशन आएको हो।

लाइभ लका अनुसार, लुकआउट सर्कुलर भनेको सरकारले अभियोग लागेका व्यक्तिहरूको आवागमन नियन्त्रण र प्रतिबन्ध गर्न प्रयोग गर्ने उपकरण हो।

यो उनीहरू देशबाट भाग्न नसकून् भनेर सुनिश्चित गर्ने विधि हो। यो विशेष परिस्थितिमा साक्षीहरूका लागि पनि प्रयोग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad