फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको टकराव देख्न सकिन्छ।
ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन्। सुरेन्द्र पौडेल निर्देशित यो फिल्म कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ।
यस फिल्ममा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।
81
Shares

प्रतिक्रिया