गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा फेरि तनाव दिन थालिएको छ।
उनी सहकर्मी गायक प्रताप दाससँगको सम्बन्ध दाजु-बैनीको हो भनेर जवाफ दिँदादिँदा हैरान भइरहेकी छन्।
यसबीच उनले दाससँगको सहकार्यमा 'आयो तिहार–दाजु बहिनी' शीर्षकको म्युजिक भिडिओसमेत सार्वजनिक गरिसकेकी छन्। जसमा एलिना र प्रतापले भाइटीका लगाएका छन्।
र, पनि आलोचकको मुख बन्द नभएपछि एलिनाले बिहीबार फेसबुक स्टाटसमार्फत जवाफ दिएकी छन्।
उनले लेखेकी छन्, ‘के हरेक कुराको प्रमाण माग्नु आवश्यक छ? दाइ–बैनीको सम्बन्ध हामीले पवित्र रूपमा निभाएका छौँ। कृपया अनावश्यक आरोप र अफवाह फैलाउन रोक्नुहोस् र हामीलाई शान्ति दिनुहोस्।’

369
Shares

प्रतिक्रिया