काठमाडौंको माइतीघर मण्डलाबाट बिहीबार पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले सुधार केन्द्र पठाउने सर्तमा परिवारको जिम्मा लगाएको छ।
गाजा खाएको पुष्टि भएपछि उनलाई सुधार केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।
गाजा खाएको पुष्टि भएपछि निकोलसलाई सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको र पक्राउ परेका अन्य सबै रिहा भइसकेको काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।
जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न माइतीघर पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १८ जनालाई पक्राउ गरेको थियो।
माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न रोक लगाइएको छ।
942
Shares

प्रतिक्रिया