भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ ले बक्सअफिसमा उछाल ल्याइरहेको छ।
ऋषभ शेट्टीको मुख्य भूमिका रहेको यस फिल्मले आठ दिनमा घरेलु बक्सअफिसमा ३३४.९४ करोड भारतीय रुपैयाँ कमाएको छ।
पहिलो दिन यस फिल्मले ६१ करोड भारुको ओपनिङ गरेको थियो।
पहिलो साता ३१६ करोड भारू कमाएको फिल्मले दोस्रो सातामा कमाल देखाएको छ। प्रारम्भिक रिपोर्टअनुसार बिहिबार यस फिल्मले २० करोड बढी कलेक्सन गरेको छ।
यस फिल्मको लेखन तथा निर्देशन पनि ऋषभ शेट्टीले नै गरेका हुन्। यस फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ।
यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको थियो।
141
Shares

प्रतिक्रिया