कोशी


दमकमा टहराभित्र पुरुष मृत भेटिए

दमकमा टहराभित्र पुरुष मृत भेटिए

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ११:४२, विराटनगर

झापाको दमकमा एकजना मृत फेला परेका छन्। 

दमक नगरपालिका–७, पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहराभित्र करिब ५०-५५ वर्ष उमेरका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार बिहान उक्त टहरामा गाईवस्तुले पानी खाने नालीभित्र पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यसपछि इलाका प्रहरी कार्यालबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन।

मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad