कला


अदालतले खारेज गर्‍यो अभिनेता नवाजुद्दिनले भाइ र श्रीमतीविरुद्ध दायर गरेको मानहानिको मुद्दा

अदालतले खारेज गर्‍यो अभिनेता नवाजुद्दिनले भाइ र श्रीमतीविरुद्ध दायर गरेको मानहानिको मुद्दा

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १७:४३, काठमाडौँ

अभिनेता नवाजुद्दिन सिद्दिकीको १०० करोड रुपैयाँको मानहानि निवेदन बम्बई उच्च अदालतले खारेज गरेको छ। सुनुवाइको समयमा उनी अदालतमा उपस्थित नभएपछि यो मुद्दा खारेज गरिएको हो।

उनले यो निवेदन आफ्ना भाइ शमसुद्दिन सिद्दीकी र श्रीमती विरुद्ध दायर गरेका थिए। आफ्नो बारेमा झूटा र अपमानजनक बयानहरू फैलाएको र जसले छवि, मानसिक र सामाजिक क्षति पुर्‍याएको उनको आरोप थियो।

नवाजुद्दीन सिद्दीकी र उनका वकिल धेरै पटक अदालतमा उपस्थित हुन सकेनन्। जसकारण मुद्दा चलाउन नसकिएको कारणले निवेदन खारेज गरिएको हो।

शमसुद्दिन सिद्दीको प्रतिनिधित्व वकिलहरू अली काशिफ खान देशमुख, स्निग्धा खण्डेलवाल र फरीद शेखले गरेका थिए। वकिल देशमुखले नवाजुद्दीनले दायर गरेको मुद्दा पूर्णतया आधारहीन र कुनै पनि जायज दाबीको अभाव रहेको बताए। आर्थिक विवादमा उनको क्लाइन्टलाई दबाब दिनको लागि मात्र निवेदन दायर गरिएको थियो।

उक्त मुद्दामा नवाजुद्दीन सिद्दीकीले आफ्ना भाइलाई आफ्नो प्रबन्धकको रूपमा नियुक्त गरेको र विभिन्न आर्थिक मामिलाहरूको जिम्मेवारी लिएको विवाद समावेश थियो। पछि, दुई जना बीच फाटो आयो र उनीहरूले सामाजिक सञ्जालमा एकअर्कामाथि आरोप प्रत्यारोप गर्न थाले। यसपछि, अदालतले दुवै पक्षलाई सामाजिक सञ्जालमा एकअर्का विरुद्ध पोस्ट नगर्न आदेश दियो, ताकि यो मुद्दा सौहार्दपूर्ण रूपमा समाधान होस्।

मुद्दा खारेज भएपछि अब अदालतमा विवाद कानुनी रूपमा बन्द भएको छ। यसको बाबजुद पनि, दुई पक्षबीच सामाजिक र पारिवारिक तनावका रिपोर्टहरू बाहिर आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad