कला


निर शाहको जन्मदिन पारेर ‘परान’ को टिजर सार्वजनिक

निर शाहको जन्मदिन पारेर ‘परान’ को टिजर सार्वजनिक

नेपालखबर
असोज २६, २०८२ आइतबार १६:८, काठमाडौँ

आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ काबिक टिजर सार्वजनिक भएको छ। वरिष्ठ अभिनेता निर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द र आवाजमा प्रस्तुत गरिएको छ।

कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ।
कवि पराजुलीले सो मनोभावनालाई उधिनेका छन्।

टिजरमा यी शब्दहरू फिल्मका प्रमुख कलाकार निर शाह मार्फत व्यक्त गरिएको छ। उनीसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ। यो पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।

टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ।

सक्किगोनी फेम्ड दीपकप्रसाद आचार्य ९काकु० निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो।

रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि। गुरूङले सम्पादन गरेका हुन्।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले  निर्माण गरेको हो। देशकै ठूलो व्यापारिक घरानियाको निर्माण रहेकाले पनि यो फिल्म धेरैको पर्खाइमा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad